काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
शुक्रबार दिउँसो २ बजेदेखि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकमा यसअघि केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरु अनुमोदन हुने पार्टीका सचिव प्रदीप पराजुलीले बताउनुभयो ।
‘कार्य सम्पादन समितिको निर्णय अनुमोदन गर्ने र घर–घर जाऔं, काँग्रेस जिताऔं भन्ने अभियानमा छलफल चलेको छ ।’, उहाँले भन्नुभयो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भइ दलहरु जुटिरहेका छन् । पछिल्लो समय चुनावी तालमेलबारे के गर्ने भन्ने विषय पनि गठबन्धनमा उठेको छ ।
बैठकमा यी लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्