Ads

कांग्रेस बैठक : गठबन्धनको विपक्षमा बोले प्रदेश सभापतिहरू


काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने  अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् ।

उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निर्णय गर्न नहुने तर्क गरेका छन् ।

कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भने झैं कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदी गठबन्धन गर्ने जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने बताए ।

लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीय स्तरबाटै गर्न सकिने संकेत गरे । उनले यदी यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निर्णय गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।

यसैबिच नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने नेताहरुप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका छन् ।
केन्द्रीय कार्य समितिको शुक्रवारको बैठक समापन गर्ने क्रममा सभापति देउवा आक्रोशित मुद्रामा प्रस्तुत भएको बैठकबाट बाहिरिदै गर्दा एक केन्द्रीय सदस्यले सम्बाददाताहरुलाई बताए ।

देउवाको भनाइ उदृत गर्दै उनले भने-म नेविसंघ सभापति हुँदादेखि चितवनबारे थाहा छ । गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ ? गठबन्धन नगर्ने हो भने फेरि हार्छ चितवन,मलाई थाहा छैन ?

 

 

Ads

सम्बन्धित पोष्टहरू