Ads

कपिलवस्तु महोत्सवमा डुंगा पिङ दुर्घटना, १४ जना घाइते


काठमाडौं । कपिलवस्तु महोत्सवमा डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ पिङ दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार १४ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारको लागि बुटवल लगिएको छ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा नं। ९ का आकृति खनाल रहेका छन् ।

यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा क्षेत्री, बाणगंगा नगरपालिका का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, कृष्ण घर्ती मगर रहेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू