काठमाडौँ । नेपाली कांग्रेसको आज(आइतबार) बसेको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।
अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।
अर्थमन्त्री असक्षम भएकाले गठबन्धमा छलफल गरेर प्रधानमन्त्रीले शर्मालाई बर्खास्त गर्नुपर्ने वा राजीनामा माग्नुपर्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्