Ads

कांग्रेस बैठक : सकिएन बोल्ने क्रम, सोमबार पनि जारी


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

गठबन्धन केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल गर्नका लागि आज(आइतबार) बसेको बैठकमा बोल्ने अधिकांशले आवश्यकता हेरेर गठबन्धनसंग मिलेर जानुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रिय राजनीतिमा गठबन्धनको औचित्य अझै समाप्त नभएको भन्दै आगामी निर्वाचनमा मिलेर नै जानुपर्ने बताएका छन् ।

तर अधिकांशबाट आवश्यकताका आधार तालमेल गर्न सुझाव आएको भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि निर्णय आउने बताएका छन् ।

यस विषयमा अझै छलफल जारी रहेको र बैठकमा आएका सुझावका आधारमा निर्णय हुने महतको भनाई छ ।
केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहने बताईएको छ ।

Ads

सम्बन्धित पोष्टहरू