काठमाण्डौ । नेपालमा पहिलो पटक सम्पदासंग जोडिदै रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता हुन लागेको छ ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा यहि चैत्र १९ गते शनिबार काठमाण्डौमा “1st Heritage Rw\ National Championship” नामक यस्तो राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुँने भएको हो ।
ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध बसन्तपुर डवलीमा देशका उत्कृष्ट रेस्लरहरु सहित यस्तो प्रतियोगिता हुन लागेको संघले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गरायो ।
संघका महासचिब सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङे, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ्ग श्याडी, स्पाईडर म्यान लगायत चर्चित महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा रहनेछ ।
प्रतियोगितामा हेभी वेट च्याम्पियनले एक लाख पाँच हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाईट वेट फिमेल च्याम्पियनले ६५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका लागि करिब १५ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेका छन् ।
प्रतियोगितामा काठमाण्डौ महानगरपालिका, टोखा नगरपालिकाको सहयोग रहनेछ भने राष्ट्रिय खेलकुद परिषद् लगायत अन्य निकायहरुको पनि सहयोगको अपेक्षा गरिएको आयोजकले बताए ।
यो प्रतियोगिताले खेलको बिकाससंगै कोभिड महामारीले थलिएको पर्यटन प्रबद्र्धनलाई पनि माथि उकास्न मद्दत पु¥याउने संघले आशा लिएको छ । त्यस्तै प्रतियोगितालाई आगामी वर्ष थप परिस्कृत गर्दै अन्तर्राष्ट्रियकरण गर्ने योजना रहेको जनाइएको छ ।
प्रतियोगितामा रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले खेल सञ्चालन गर्नेछन् भने कार्यक्रम सञ्चालन चर्चित कलाकार जीवन तामाङले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्