एजेन्सी । रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट विभिन्न देशमा शरणका लागि पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सर्वजनिक गरेको हो ।
विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ ।
यूक्रेनबाट जीवन रक्षाका लागि भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन् । उनीहरूमध्ये झन्डै तीनलाखले रूसमा शरण लिएका बताइएको छ ।
एक महिनाअघि सङ्कट सुरु हुनुभन्दा अघि यूरोपेली संघको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्याङ्कमा उल्लेख छ ।
फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ । यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्।
यूक्रेनको सबैभन्दा छोटो सीमा पार गरेर करिब दुई लाख ७२ हजार मानिस स्लोभाकिया पुगेका छन् भने करिब छ हजार ५०० शरणार्थीहरू रूसको निकट सहयोगी बेलारूसको उत्तरी क्षेत्रमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्