काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन आवश्यक नरहेको बताएका छन् । आज(सोमबार) जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफू गठबन्धनको पक्षमा नरहेको प्रष्ट पारेका छन् ।
मतदातालाई रुख बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्न लगाउनु उचित नभएको र यसले भविष्यमा समेत असर हुने उनको तर्क छ । देशभर थपिएका नयाँ मतदातालाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउनु पर्ने उनको भनाई छ ।
अहिलेको चुनावमा रूख बाहेक अन्यमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने ग्यारेन्टी नभएको पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्