काठमाडौं । चैत १९ गते हुने नेपाल बार एशोसिएशनको निर्वाचनका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुह (पीपीएलए)ले आफ्नो अवधारणा पत्र सार्वजनिक गरेको छ ।
देशभरको चुनावी अभियानपछि सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीपीएलले अवधारणा पत्र सार्वजनिक गरेको हो ।
सो अवसरमा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले चुनावी अभियानबाट आफूहरू उत्साही रहेको तर सत्ता गठबन्धनसँग एजेण्डा नरहेको बताए ।
उनले न्यायपालिकालाई विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउन आफूहरूले बारमा पुगेर भूमिका खेल्ने बताए ।
प्रत्याशी अधिकारीले आफ्नो समूह व्यवसायिक र प्रगतिशील सोच राख्ने पेशागत कानून व्यवसायीको प्रतिनिधित्व गर्ने र राजनीतिक स्वार्थ भन्दा टाढा रहेको दाबी गरे । उनले कसैलाई पनि हीनताबोध गर्न नपर्ने गरी व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशील हुने बताए ।
उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदार प्रसाद कोइरालाले गठबन्धनभन्दा आफूहरू अगाडि रहको दाबी गरे । प्रचार समितिकी प्रमुख राधिका खतिवडाले बारको चुनावमा पीपीएलएले अघि सारेका उम्मेदवार पेशागत र व्यवसायिक रुपा उत्कृष्ट रहेको बताइन् ।
सो समूहबाट अध्यक्षमा अधिकारी छन् भने उपाध्यक्षमा प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशव प्रसाद दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट बासुदेव ज्ञवाली, कर्णालीबाट चंखबहादुर साउद र महिला उपाध्यक्षमा रमा श्रेष्ठ उम्मेदवार छन् ।
त्यस्तै महासचिवमा केदार प्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।
सदस्य पदमा इन्दिरा आचार्य,कुन्जनी परियार प्यासी, नरसिंह चौधरी थारु, सुभाचन्द्र झा, शशी कुमारी श्रेष्ठ, दिलकुमारी राई, इन्दिरा आचार्य, मनिका खड्का, गणेशबहादुर ओली, कुवेर घिमिरे, तारा कुमार श्रेष्ठ, युवक कुमार गौतम, अर्जुन खड्का, अनिल कुमार श्रेष्ठ र हरि प्रसाद पंगेनी प्रतिस्पर्धामा छन् ।
अन्यत्र जस्तै बारको निर्वाचनमा पनि सत्तागठबन्ध र प्रमुख प्रतिपक्षी निकटका कानुन ब्यवसायीहरु प्रतिष्पर्धामा छन् ।
यस्ता छन् एजेण्डा
प्रतिक्रिया दिनुहोस्