काठमाडौं । भारतीय इनर्जी एक्सचेन्ज ९आइइएक्स० बजारबाट विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।
प्राधिकरणका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु र अन्य शुल्कसहित ३८ रुपैयाँ बोलकबोल गर्दासमेत विद्युत् उपलब्ध गर्न नसकेपछि तत्कालिका लागि ८ घण्टा लोडसेडिङ गर्नुपरेको हो ।
विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्