काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन ४५ दिन बाँकी रहँदा निर्वाचन आयोगले कल सेन्टर सुरु गर्दै छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिनका लागि आयोगले आज(मंगलबार)देखि कल सेन्टर सुरु गर्न लागेको हो ।
निर्वाचन सम्बन्धी सम्पूर्ण जिज्ञासा राख्न पाउने सेवासहित कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदान र मतगणना अवधिसम्म यस सेवा सन्चालनमा रहने छ ।
निर्वाचनबारे कुनै जिज्ञासा भएमा ११०२ मा फोन गरेर जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्