काठमाडौँ । विवादमा रहेको विवेकशील साझा पार्टी कार्यालयमा दुई समूहबीच तनाव उत्पन्न भएको छ ।
पार्टी अध्यक्ष रविन्द्र मिश्रले गरेको एकपक्षीय निर्णयबाट असन्तुष्ट रहेको समूहले पार्टी कार्यालयमा आज(मंगलबार) पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो । यसअघि असन्तुष्ट समूहको सोमबारको बैठकले मिश्रलाई कारबाहीको घोषणा गरेको थियो ।
आज मिश्रविरुद्धको पत्रकार सम्मेलनमा संस्थापन पक्षले असन्तुष्ट समूहलाई प्रवेशमा रोक लगाएपछि तनावको स्थिती सृजना भएको हो । अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्