Ads

स्थानीय निर्वाचन २०७९ : बढे राजनैतिक दल,बढे मतदाता पनि


काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिनका लागि २२ वटा दलहरु थपिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा ५७ वटा दलहरुले भाग लिएका थिए । यो पटक २२ वटा दल थपिएर ७९ पुगेको हो । “२०७४ को स्थानीय तह निर्वाचनमा ८० वटा दलले भाग लिन्छौ भनेर निवेदन दिएपनि ५७ दलले मात्र निर्वाचनमा भाग लिएका थिए।” निवार्चन आयोगका सुचना अधिकारी तथा सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले भनेँ ।

अर्यालका अनुसार एक सय १४ वटा मतदान स्थल थप गरेर दश हजार सात सय ५६ बनाइएको छ भने तीन हजार तीन सय ८२ मतदान केन्द्र थपेर २१ हजार नौ सय ५५ बनाइएको छ ।

अहिले कुल मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ पुगेको छ । सबैभन्दा बढी मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने मनाङमा सबैभन्दा कम छ हजार चार सय ९६ जना रहेका छन् । स्थानीय तह अनुसार सबैभन्दा बढी काठमाडौं महानगरमा तीन लाख दुई सय ४२ र सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकामा चार सय ४८ जना रहेको बताइएको छ । ०७४ को तथ्यांक अनुसार मतदाताको संख्या १ करोड ४० लाख ७४ हजार चार सय २४ रहेको थियो ।

निर्वाचनमा भाग लिने ७९ वटा दलमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दलहरु हुन् ।

Ads

सम्बन्धित पोष्टहरू