भक्तपुर । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सुरु गरेको तरकारी बजार आज उदघाटन हुँदैछ ।
उक्त बजारको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सूर्यविनायक नगरपालिका ८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन।
मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताएका छन् ।
तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए ।
तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए । तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्