काठमाडौँ । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज(बुधबार) बस्दैछ ।
दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीसंग छलफल हुने बताइएको छ ।
उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’लाई पूर्णता दिने विषयमा पनि छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्