काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज(बुधबार) भइरहेको खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन जोडेको हो ।
नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिएका हुन् भने दीपेन्द्र सिंह ऐरीले, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिएका हुन् ।
बलिङमा उतकृष्ट प्रदर्शन गरेको नेपालले केहिबेरमा मलेसियाविरुद्ध ब्याटिङ गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्