काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र मतपत्र छाप्नका लागि तयारी अवस्थामा रहेको छ ।
निर्वाचन आयोगको निर्देशन अनुसार मतपत्र छपाई मेसिन तयारी अवस्थामा राखिएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिएका छन् । नेपाली सेनाको निगरानीमा मतपत्र छपाइ कार्य हुने सूचना अधिकारी आचार्यले बताएका छन् । विगतका अनुभवलाई हेर्दै नेपाली सेनाले मतपत्र छापिने क्षेत्रको सुरक्षा रणनीति तयार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउने लक्ष्यअनुसार छपाइ कार्य सम्पन्न गर्ने बताउँदै एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।
गत शुक्रबारको निर्णय अनुसार आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्