काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज(बिहीबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिष्पर्धा हुँदैछ ।
दिउसो साढे १२ बजेदेखि टियु क्रिकेट मैदानमा हुने आजको खेलमा नेपाल पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहेको छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।
यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्