काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेका छन् ।
आज(बिहिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा स्थानीय तहको निर्णय स्थानीयलाई नै दिने र महानगरपालिकाको उम्मेद्वारीबारे केन्द्रबाटै निर्णय गर्ने विषयमा सहमत भएको बताइएको छ ।
प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने र बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्