काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज(बिहिबार) भइरहेको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन जोडेको हो । ब्याटिङमा उतकृष्ट प्रदर्शन गरेको नेपालले केहिबेरमा मलेसियाविरुद्ध बलिङ गर्ने छ ।
आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहेको छ ।
नेपाल २ खेलमा लगातार जित निकालेर ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्