काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आज(बिहिबार) को खेल जीतेसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनी(पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र जोड्न सक्यो ।
करण केसीले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिएका हुन् । आज लिएको लगातार तीन विकेट टी२० अन्तर्राष्ट्रियमा नेपाली बलरले लिएको पहिलो ह्याट्रिक हो ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्