जुम्ला । नेकपा एमालेबाट बिभाजित नेकपा (एस)कोे प्रभाव रहेको भनेर प्रचारित कर्णाली प्रदेशको जुम्लामा बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली पुगे ।
उल्लेख्य संख्यामा जनता उपस्थित कार्यक्रममा अध्यक्ष ओलीले एमाले प्रबेश गरेका विप्लव माओवादीका राज्य समिती सदस्य राम प्रसाद शर्मा, नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का क्षेत्रीय सभापति दानसिंह खत्री लगायतलाई स्वागत गरे ।
उक्त कार्यक्रममा टाढाटाढाबाट स्थानीयहरु पैदल हिडेर ओलीलाई हेर्न र भाषण सुन्न आएका थिए ।
प्रतिक्रिया दिनुहोस्