काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत जाँदै छन् । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लागेका हुन् ।
उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् । देउवाको बस्ने व्यवस्था यही होटलमा मिलाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्