Ads

उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र


काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले चैत २३ गतेभित्र वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गरिसक्न मातहतका वडा कमिटीहरूलाई परिपत्र गरेको छ ।

शनिवार बसेको बैठकले २३ गतेभित्र वडा कमिटी बैठक बसेर वडाध्यक्ष र सदस्यहरूको छनौट गर्न परिपत्र पठाएको हो । उम्मेदवार छनौट सकेसम्म सर्वसम्मत गर्न र वडाबाटै आवश्यक संख्याका उम्मेदवार टुङ्ग्याउन भनिएको छ ।

त्यस्तै चैत २५ गतेसम्म सोही विधिबाट महानगर,उपमहानगर,नगर र गाउँपालिका कमिटीहरूको बैठक बसी उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ ।

मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षमा सर्वसम्मत नभए दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुनेगरी तीन तीनजनाको नाम सिफारिस गर्न पालिका कमिटीहरूलाई पत्राचार गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू