सङ्घको उपाध्यक्षमा रमेश पोखरेल र नर्मदेश्वरी सत्याल, महासचिवमा प्रकाश सिलवाल, सचिवमा नवराज रिजाल र कोषाध्यक्षमा गायत्री लम्साल चयन हुनुभएको छ । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्नुभएको थियो । सङ्घको विधानमा १२५ सदस्यीय केन्द्रीय समिति रहेकामा रिक्त सदस्य पछि पूर्ति गरिने जनाइएको छ ।
सांस्कृतिक रुपान्तरणको अभियानसहित प्रगतिशील साहित्यका क्षेत्रमा क्रियाशील सो सङ्घको अधिवेशनमा निवर्तमान कार्यसमितिका महासचिव गोपालकुमार मैनाली, कोषाध्यक्ष यशोदा अधिकारीबाट प्रस्तुत साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा विधान संशोधन समितिका तर्फबाट अधिवक्ता प्रेमराज सिलवालबाट प्रस्तुत मस्यौदा सुझावसहित पारित भएको थियो । साथै बन्दसत्रले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
महासङ्घको मातहतमा जनसाहित्य सङ्घसहित विभिन्न सात घटकको अधिवेशन एकैपटक भइरहेको छ ।
महासङ्घको आठौँ महाधिवेशन र घटक संस्थाको अधिवेशनको उद्घाटन शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट भएको थियो । महासङ्घको नयाँ नेतृत्व चयन आइतबार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्