Ads

आज पनि माधव नेपालसहित १४ सांसदविरुद्धको सुनुवाई नहुने


काठमाडौँ । पटक पटक सर्दै आएको १४ सांसदविरुद्धको सुनुवाई आज(आइतबार) पनि नहुने भएको छ ।

माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्तको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ आज पनि मुद्दा हेर्न नमिल्ने भन्दै रोकिएको छ । १४ जना सांसदहरुमध्ये सोमप्रसाद पाण्डेको मुद्दा न्यायाधीश नहकुल सुवेदीले यसअघि नै सुनुवाइ गरेका कारण आफूले हेर्न नमिल्ने बताएका हुन् ।

आजको सुनुवाइ स्थगितको माग गर्दै नेपाल पक्षका कानुन व्यवसायीले निवेदन समेत पेस गरेका थिए । तर न्यायाधीश सुवेदी र अनिलकुमार सिन्हाले उक्त माग अस्वीकार गरेका हुन् ।

यस मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएकोमा आज पूर्ण सुनुवाईका लागि पेसि तोकिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू