Ads

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग


कर्णाली । कर्णालीमा समृद्ध कर्णाली विकासका पाँच वर्ष विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ ।

बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू ? भनेर प्रश्न गरेका थिए ।

यसमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्गको स्तरवृद्धि गर्ने अधिकार प्रदेश सरकारसँग नभएको जानकारी दिए ।

कर्णाली राजमार्ग सङ्घ सरकार मातहत हुँदा प्रदेश सरकारको आवश्यकतामा विकास गर्ने अधिकार नभएको उनले बताए ।

कनकासुन्दरी गाउँपालिका जुम्ला र चौकुन गाउँपालिका सुर्खेतका अध्यक्षद्वय नरबीर रावल र धीरबहादुर शाहीले पालिकास्तरमा स्थानीय सरकारले सबै वडामा मापदण्डअनुसार सडक सञ्जा पु¥याएको बताए । अध्यक्ष शाहीले आफ्नो पालिकाका सबै वडामा सडक पु¥याएको भन्दै बरु सम्बन्धित निकायले सडक सञ्चालनको अनुमति दिन आग्रह गरे।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूमेश्वर तिवारीले भौगोलिक विकटता, रोड इन्जिनियरिङ राम्रो नहुँदा र अनुमति प्रणाली कमजोर भएकोले सडक दुर्घटनामा बढेको बतए। उनले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको बताए ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले विकासको सञ्जालीकरणका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू