काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई पराजीत गर्दै उपाधि हात पारेको छ ।
टियु क्रिकेट मैदानमा आज(सोमबार) भएको फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र जोड्न सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
यस सिरिजमा नेपालले लगातार जीत निकाल्दै फाइनलसम्म पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्