काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ महामारीका कारण त्यस अवधिमा नेपाल फर्किएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरुको निवेदन माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै चैत २५ गतेभित्र निवेदन दिन अनुरोध गरेको हो ।
मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्