काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूविच निकै धेरै फरक भएको चर्चा गर्नुभएको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो, ‘यदि प्रचण्ड कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन। म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’
अध्यक्ष ओलीले आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो सम्भव नै छैन । दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’
आफु र प्रचण्ड बीचमा फरक छुट्याउँदै ओलीले भन्नुभयो, ‘उहाँ देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात–जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु…।’
प्रतिक्रिया दिनुहोस्