Ads

नेविसंघले बुझायो त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ज्ञापनपत्र


काठमाडौँ । नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय कार्यसमितिले आज(मंगलबार) त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

कार्यालयको लापरबाहीका कारण पछिल्लो समय परीक्षातालिका प्रकाशन, परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयमा ढिलासुस्ती भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्तिमा समेत ठूलो सास्ती भोग्नुपरेको हुँदा विभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको बताइएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले लामो समयदेखि रोकिएको परिक्षाफल प्रकाशनको लागि १५ दिनको अल्टिमेटम दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू