पोखरा । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ ।
होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा यही चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो ।
‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा अघिल्ला दुई वर्षमा कोरोनाका कारण हुन सकेको थिएन । यस वर्ष पुनः निरन्तरता दिइएको सङ्घका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए ।
नयाँपनका साथ तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन हुनेछ । भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोरोनाका कारण पर्यटकीय चहलपहल न्यून रहेकामा महोत्सवले केही हदसम्म राहत पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्