Ads

मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज(बुधबार) उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।”

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए। उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उहाँले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताए। उनले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गरे।

Ads

सम्बन्धित पोष्टहरू