Ads

स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले दियो सरकारलाई निर्देशन


काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सुरक्षा निकायहरुबाट माग भएको आधारभूत स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

यसअघि केन्द्रिय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरुले आफूहरुलाई स्रोतसाधनका् कमी भएको बताएपनि आयोगले मन्त्रालयलाई पत्र पठाएको हो ।

पाँच वर्ष अघिका स्रोतसाधनले यस निर्वाचनमा काम गर्न गाह्रो हुन सक्ने सुरक्षा निकायका अधिकारीहरुको गुनासो छ । त्यतिबेला सञ्चालनमा रहेका कतिपय सवारीसाधन अहिले थोत्रो अवस्थामा रहेको उनिहरुले बताएका छन् ।

निर्वाचनमा मतदान केन्द्र, त्यसबाहिर र नजिकको क्षेत्रमा गरी तीन तहको सुरक्षा घेरा रहने बताइएको छ । मतदात केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरी टोली रहन्छ भने दोस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा रहने छ त्यसैगरि मतदानस्थल बाहिर नेपाली सेनाको पेट्रोलिङ हुनेछ ।

२०७४ सालको स्थानीय तह निर्वाचनकोतुलनामा यसपटक म्यादी प्रहरीको संख्या कम रहेको हुँदा सुरक्षाघेरा नै प्रभावित हुनेगरी निर्वाचनको तयारी भएको भन्दै सुरक्षाकर्मीले स्रोत साधनको विषयमा आयोगका पदाधिकारीहरुसँग ब्रिफिङ गरेका थिए । त्यसपछि निर्वाचन आयोगको टोलीले स्रोतसाधनको अभाव भएको र त्यसमा कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

Ads

सम्बन्धित पोष्टहरू