काठमाडौँ । आज(बिहिबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बालुवाटारमा अपरान्ह चार बजे बस्ने गरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
आजको मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय गर्ने बताइएको छ ।
निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले संहिता लागू हुने मिति अझै तोकिसकेको छैन । स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गरिन्छ । आयोगले चैत २५ गतेबाट लागू हुनेगरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्