काठमाडौं । कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् ।
आज(बिहिबार) प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको हो । यसअघि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । बन्दीलाई सो मन्त्रालयमा नियुक्त गरेपछि बडुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताएका छन् ।
बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्