काठमाडौँ । गोविन्द बन्दीले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज(बिहिबार) नियुक्त भएका बन्दीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।
सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य मन्त्रीहरु र उच्चपदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्