Ads

कांग्रेसले टोल फ्री नम्बरबाट घोषणापत्रका लागि सुझाव लिने


काठमाडौँ । आज(बिहिबार) बसेको कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठकले घोषणापत्रमा समेट्नुपर्ने विषयमा टोल फ्री नम्बरबाट सुझाव लिने भएको छ ।

बैठकले पार्टीको घोषणापत्रमा जनताका सल्लाह, सुझाव र अपेक्षालाई समेट्नका लागि टोल फ्री नम्बर र सामाजिक सञ्जालबाट सुझाव लिने निर्णय गरेको हो ।

स्थानयि निर्वाचनको सन्दर्भमा कांग्रेसको केन्द्रीय घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर आगामि बैशाख ११ गते सार्वजनिक गरिनेछ भएको छ । कांग्रेसले नेपाली जनताको आवश्यकता अनुसार स्थानीयस्तरमा प्रतिवद्धता समेत जारी गर्नेछ । केन्द्रीयस्तरबाट कांग्रेसले घोषणापत्र तयार गर्ने बताइएको छ भने हरेक स्थानीय तहमा स्थानीय प्रतिवद्धतापत्र सार्वजनिक हुने भएको छ ।
कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति बनाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू