काठमाडौँ । नेपालमा गैरकानूनीरुपमा सञ्चालित विदेशी ओटीटीहरु तत्काल बन्द गराउनका लागि नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले माग गरेको छ । सरकारले राष्ट्रिय प्रशारण नियमावलीमा हालै गरेको संशोधन त्रुटीपूर्ण रहेको समेत महासंघले बताएको छ ।
आज(बिहिबार) एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव मनोज गुरुङले यस्तो प्रक्रिया दिएका हुन् । सरोकारवाला पक्षसँग बुनै छलफल नै नगरि गुपचुप ढंगबाट नियमावलीमा गरिएको ११ औं संशोधनमा संविधान प्रदत्त मौलिक हकमाथि नै प्रतिवन्ध लगाउने कतिपय प्रावधान रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघले विगतदेखि नै उठान गर्दै आएका केही विषयहरु समेटिए पनि अझ धेरै विषयहरु समेटिएका छैनन् भने कतिपय प्रावधानहरु निश्चित प्रदायकहरुलाई मात्र लाभ पुर्याउने गरी संसोधन गरिएको विज्ञप्तिमा बताइएको छ ।
ओटीटी सञ्चालन गर्नको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अनिवार्य इजाजतपत्र प्राप्त गर्नुपर्ने बताउँदै कानूनतः इजाजतपत्र नलिई हाल सञ्चालनमा रहेका Amazon, Prime, Hostar, Alt Balaji, Zee5, VOOT, Disney Hotstar, Sonyliv, ullu लगायतका विदेशी ओटिटिहरु स्वतः गैरकानूनी ठहर भएकोले तत्कालै बन्द गराउनु पर्ने भन्दै महासंघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्