काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्कोर बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको एक मन्त्रीले सञ्चारमाध्ययमलाई बताए ।
सिफारिस भए पनि सबैको नाम आधिकारिक रुपमा बाहिर ल्याउनेगरि मुख्यसचिव र परराष्ट्र मन्त्रीलाई जिम्मा दिइएको एक मन्त्रीले बताए ।
यस्तै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चीनिया कम्पनी गेजुवालाई दिने केपी ओली नेतृत्वको सरकारको निर्णय खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्