काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड, अर्घाखाँचीको सन्धिखर्क शाखा जेष्ठ नागरिक मैत्री बनेको छ । आज(शुक्रबार) एक समारोहकाबिच उक्त बैंकले जेष्ठ नागरिकहरुका लागि छुट्टै काउन्टरको स्थापना गरेर सेवा सरु गरेको हो ।
सेवा लिनका लागि बैंकमा आउने जेष्ठ नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै छुट्टै काउन्टरको व्यवस्था गरेको बताइएको छ। अन्य सेवाग्राही संगै लाईनमा कुर्नु पर्ने समस्याको समाधान गर्दै छिटो भन्दा छिटो सेवा दिन सक्ने उद्धेश्यले यस्तो व्यवस्था सुरु गरेको बैंकका एक कर्मचारीले बताएका छन् ।
दैनिक २० देखि ३० जना सम्म जेष्ठ नागरिक सेवाका लागि आउने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्