Ads

जनताले विवेक नपुर्‍याए नेपाल श्रीलङ्का वा युक्रेन बन्नसक्छ : लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अबको चुनावमा जनताले विवेक नपुर्‍याए नेपाल श्रीलङ्का वा युक्रेन बन्न सक्ने उनले चेतावनी दिएका छन् ।

पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आग्रह गरे ।  ती दलहरूलाई ‘साँढे’ को संज्ञा दिँदै उनले तिनीहरूबाट दूधको आशा नराख्न सुझाव दिए ।

लिङदेनले भने, ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु ? जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।

आफ्नो पार्टीले जितेका स्थानीय तहमा १२ कक्षासम्म निशूल्क शिक्षा दिने उनले घोषणा गरे । महिनाको एक चोटि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरमै गएर गर्ने आश्वासन पनि उनले दिए ।

नेपाल अहिलेकै अवस्थामा अघि बढिरहे असफल राष्ट्र बन्न सक्ने लिङदेनले चेतावनी दिए ।

Ads

सम्बन्धित पोष्टहरू