Ads

नयाँ वर्षदेखि लागु हुने गरी बढ्यो काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा


काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार नयाँवर्षको दिनदेखि लागु हुने गरी भाडा वृद्धि गरिएको हो ।बागमती प्रदेश सरकारले समायोजन गरेपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ कायम भएको छ ।

यस्तै ट्याक्सीको भाडादर प्रति २ सय मिटरको १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भएपछि सवारी साधनको भाडा समायोजन गर्ने गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू