Ads

तीन पूर्व अर्थमन्त्रीहरुले सामुहिक धारणा सार्वजनिक गर्दै


काठमाण्डौ । तीन जना पूर्व अर्थमन्त्रीहरुले सामुहिक रुपमा पत्रकार सम्मेलन गरी नेपालको वर्तमान आर्थिक अवस्थाका बरेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि ३ जना पूर्व अर्थमन्त्रीहरुले आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताएका छन् ।

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरी देशको वर्तमान आर्थिक अवस्थाका बारेमा आफ्नो धारणा सर्वजनिक गर्न लागेको जानकारी दिएका छन् ।

मुलुकको आर्थिक अवस्था कमजोर स्थितिबाट गुज्रिरहेकाबेला गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पूर्वअर्थमन्त्रीहरुले आफ्नो धारणा प्रस्तुत गर्दैछन् ।

Ads

सम्बन्धित पोष्टहरू