काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्धन शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने बताएका छन् ।
नेकपा एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्री शर्माले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको बताएका छन्। श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने प्रसंग सुनाउँदै उनले नेपालमा त्यस्तो दिन नआओस् समेत भनेका छन् ।
अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न नसक्ने बताउँदै कानुन र ऐन भन्दा बाहिर जान नमिल्ने उनको भनाइ छ । अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला अर्थमन्त्रीले यो प्रकारको काम गर्नु उचित नहुने उनको भनाइ छ। उनले नेपालमा अनुसन्धान गर्ने निकाय बलियो भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने बताए ।
प्रतिक्रिया दिनुहोस्