काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विश्वका लागि एक महत्वपूर्ण भूमि रहेको बताएका छन् ।
अध्यक्ष ओलीले पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली भूमिमा ज्ञान, विज्ञान र चेतनाको इतिहास लामो भएको भन्दै विश्व जगतले नेपाल र नेपालको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन ।
सिङ्गो विश्व अन्धकारमा रहेका बेला नेपालको भूभागमा ज्ञान, विज्ञान र शास्त्र तथा दर्शनको सुरुवात भइसकेको उनले बताए ।
नेपालको इतिहास धेरै लामो भएको बताउँदै अध्यक्ष ओलीले विश्व शक्ति राष्ट्र अमेरिकाको इतिहास नै यस भूभागभन्दा नयाँ रहेको बताए । ‘अमेरिका त अस्ति भर्खरै पत्ता लाग्या हो ।
राष्ट्रिय शिक्षक संगठन शिक्षकहरुको बास्तविक संगठन रहेको भन्दै ओलीले देशको शिक्षा क्षेत्र सुधारका लागि शिक्षकको महत्वपूर्ण भूमिका रहने ओलीले विश्वास व्यक्त गरे ।
शिक्षकहरुको हक हितका लागि नेकपा एमालेले हिजो, आज र भोली सदैव लड्न तयार रहेको भन्दै उनले देशको समग्र विकासमा शिक्षा क्षेत्रलाई अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औल्याए ।
नेपालको समग्र क्षेत्रको सुधारका लागि आवश्यक जनशक्तीको पहिचान गरी सोही अनुसारको पठन पाठन गर्दै अगाडि बढ्नुपर्ने ओलिको धारणा थियो ।
व्यवहारीक ज्ञान र प्राविधिक ज्ञानमा आधारीत जनशक्ती विकास गर्नुपर्ने भन्दै ओलीले यसका लागि शिक्षक पनि तयार हुनुपर्ने बताए ।
शिक्षाले मान्छेलाई आन्तरिक आचरण, गुण र नैतिकता दिने भन्दै यसतर्फ अगाडि बढ्न पनि शिक्षकहरुलाई अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्