Ads

राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक, महासचिवमा डा.सन्तोष


काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा डा. झलक शर्मा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको छ ।

संघको अध्यक्षमा डा गौतम र महासचिवमा डा सन्तोष पौडेल बन्ने सहमति भएको हो।
डा झलक स्वास्थ्य सेवा विभाग अन्तर्गको खोप शाखामा कार्यरत छन भने डा सन्तोष ट्रमा सेन्टरमा कार्यरत छन ।

डा झलकको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। शुक्रबार र शनिबार भएको छलफलका आधारमा अन्य पदाधिकारी र सदस्यहरु समेत सहमतिमा टुङगो लगाउने बताइएको छ।

सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहने जनाइएको छ ।

१७ सदस्यीय पदाधिकारी रहने गरि सबै पद मा सहमति भएको जनाएको छ ।

८ सदस्यीय सचिव पदमा प्रदेश नं १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाममा सहमति भएको छ।

यस्तै निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ। १५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।

Ads

सम्बन्धित पोष्टहरू