धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदुरपश्चिम पहाडको बझाङमा आयोजना हुने जनसभालाई सम्बोधन र हजारौ मानिसहरुलाई एमालेमा प्रवेश गराउन मार्तडी पुग्ने कार्यक्रम रहेको छ ।
मार्तडीमा आयोजना हुने जनसभालाई अध्यक्ष ओली र उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा करिब २ हजार जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । जिल्लाका केही हाइ प्रोफाइलहरु आज अध्यक्ष ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दैछन् ।
सबै राजनीतिक दलहरुले चुनावी सरगर्मी बढेसंगै चुनावी आमसभा र कार्यक्रमलाई केन्द्रमा राखेका छन् ।
अहिले सबै राजनीतिक दलहरुमा अन्य पार्टी परित्याग गरि पार्टी प्रवेश गर्नेक्रम पनि चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्