काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले पुष्पराम केसीलाई नियुक्त गरेको छ । आज(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताएको छ ।
सोमबार सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर बिदा भएपछि नयाँ आईजीपीको लागि सरकारले केसीलाई नियुक्त गरेको हो ।
प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए रहेका थिए। सरकारले बरियताको आधारमा केसीलाई नियुक्त गरेको हो । केसीको कार्यकाल २१ दिन मात्र रहनेछ । त्यसपछि नयाँ एआईजी चयन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्