Ads

निर्वाचन आयोगले दियो सर्वोच्चमा निवेदन, राजीनामाको व्यवस्था कायम राख्न माग


काठमाडौं । जनप्रतिनिधिले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिनुपर्ने माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । निर्वाचन आचारसंहिताको उक्त व्यवस्था कायम गर्न माग गर्दै आयोगले आज(बुधबार) निवेदन दिएको हो ।

निर्वाचन आयोगले जनप्रतिनिधिले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा गरेको थियो ।

सर्वोच्चले चैत ८  मा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको छ । उक्त निवेदनमाथि आजै सुनुवाइ हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू